Madhes Khabar
मधेस प्रदेश

मधेसमा रोकिएको छोरी शिक्षा बिमा कार्यक्रम फेरि सुरु

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१९ असार : मधेस प्रदेश सरकारले सन्चालनमा ल्याएको दुइ वर्ष मै रोकिएको छोरी शिक्षा बिमा कार्यक्रम फेरि सुचारु भएको छ ।

मधेस सरकारको सामाजिक विकास मन्त्रालयले एक सुचना निकालेर छोरी शिक्षा बिमा तथा मुद्धद्धती बचत कार्यक्रम फेरि सुचारु भएको जानकारी गराएको हो ।

कार्यक्रम रोकिएका कारण २०७८ माघ १ गते देखि यता जन्मिएका बालिकाहरु , छोरी शिक्षा बिमा कार्यक्रमबाट बन्चित भएका छन् ।

मन्त्रालयको शिक्षा विकास निर्देशनालयले जारी गरेको सुचनामा २०७८ माघ १ गते यता जन्मिएका प्रदेशभरका छोरीहरुको शिक्षा बिमा दर्ता गगराउन आग्रह गरेको छ ।

निर्देशनालयका निर्देशक चुडामणी फुयाालले जारी गरेको उक्त सुचनामा, २०७८ माघ १ गते यता जन्मिएका छोरीहरुको यहि असार २४ गते भित्रै आवश्यक कागजात सहित निवेदन दिन आह्वान गरिएको छ ।

Related posts

मधेस : पाेखरीमा डुबेर ३ जना बालककाे मृत्यु

MadhesKhabar

राैतहटमा सुटकेसभित्र महिलाकाे शव भेटियाे

MadhesKhabar

एमाले नेताकाे खल्तीबाट राष्ट्रपति बनाइयाे भने संविधान र लाेकतन्त्र दुर्घटनामा पर्छ: गगन थापा

MadhesKhabar

Leave a Comment