Madhes Khabar
मधेस प्रदेश

मधेस : सभामुखका लागि एमालेका मण्डल र काँग्रेसका यादवको उम्मेदवारी

मधेसखबर
वीरगन्ज,३०पुसः मधेस प्रदेशसभाको सभामुखका लागि दुइ जनाले उम्मेदवारी दिएका छन् । सभामुख पदका लागि आइतबार सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद रामचन्द्र मण्डल र नेपाली काँग्रेसका तर्फबाट सांसद जंगिलाल यादवले उम्मेदवारी दिएका हुन् ।

मण्डल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । सत्ता गठबन्धनका उम्मेदवार मण्डलले ७२ जना प्रदेश सांसदको समर्थन रहेको दाबी गर्दै सभामुखमा उम्मेदवारी दिएका हुन् ।

यादवलाई कांग्रेस सांसदहरुको मात्रै समर्थन छ । १ सय ७ सदस्यीय मधेसको प्रदेशसभामा कांग्रेस दोस्रो ठूलो दल हो । कांग्रेससँग २२ सांसद मात्र छन् । सभामुखको निर्वाचन माघ २ गते सोमबारका लागि तोकिएको छ ।

Related posts

लालबन्दीबाट १६ क्वीन्टल १२ किलाे गाँजा बरामद

MadhesKhabar

सर्लाहीमा बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

MadhesKhabar

प्रदेशको ब्रान्ड ‘रुख’ घोषणा गर्दै मधेस सरकार

MadhesKhabar

Leave a Comment