Madhes Khabar
Uncategorized अन्तरवार्ता अन्तर्राष्ट्रिय अर्थतन्‍त्र कर्णाली प्रदेश कर्पोरेट काेशी प्रदेश कृषि खेलकुद गण्डकी प्रदेश धर्म/संस्कृति पर्यटन प्रदेश प्रवास प्रविधि मधेस प्रदेश मनोरञ्जन राजनीति राशीफल रोचक दुनियाँ लुम्बिनी प्रदेश वाग्मती प्रदेश विचार शिक्षा समाचार समाज सम्पादकीय साहित्य सुदूरपश्चिम प्रदेश स्वास्थ्य हेडलाइन

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

श्याम सर्राफ

पर्सा, १४ असार
पर्सा प्रहरीले १७ लाख बराबरको कम्प्युटर पार्टसहरु बरामद गरेको छ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा हिजो राती वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित ४० फिटे  सडक खण्डमा ५/७ जना परिचय खुल्न नसकेका मानिसहरुले भारतबाट भन्सार छली बोकी ल्याइरहेको  कम्प्युटर पार्टसहरु बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा बाट्ट खटेको प्रहरी टोलीलाई देख्नासाथ पार्टसहरू छाडी फरार भएपछि कम्प्यूटरका पार्टसहरु वेवारिसे अवस्थामा बरामद गरी अन्दाजी मूल्य रू.१७,००,०००।-( सत्र लाख) मूल्याङ्कन गरिएको छ।

बरामद गरिएका डेल कोर आई ५ सिपियु ४५ थान, सिगेट कम्पनीको हार्ड डिस्क ७५ थान रहेको र आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Related posts

पर्सामा जसपा–एमाले गबठन्धनका उम्मेदवारहरु : यादव, कुर्मी , गुप्ता र मियाँ

MadhesKhabar

रेडीयो वीरगंजको २२ औँ वार्षिकउत्सवमा २ सय २२ जनाले गरे रगतदान

MadhesKhabar

टमाटरमा भेटियो अत्याधिक विषादी

MadhesKhabar

Leave a Comment