वीरगन्ज,१७मंसिरःवीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा सोमबार जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा सन्जय महतो, लक्ष्मण यादव ,जितेन्द्र राम,किशोरी दास ,झगरु मली, सोनी दास, शैल देवी दास लगायत ६७ जना विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले नेपालको राजनीतिमा अबको विकल्प जनमत पार्टी मात्रै भएकोले सबैखाले विभेद अन्त्य र देश ,मधेसको समृद्धिको लागी जनमत पार्टीमा गोलबन्द हुन सबैलाई आह्वान गरे।
दलित जनमत संघका जिल्ला अध्यक्ष नरेश रामको अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, अनिता रौनियार ,श्याम गुप्ता, श्याम चौरसिया, नेताहरु रम्भा मिश्रा, शिवजी यादव ,वीरगन्ज महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल ,सचिव सहनवाज राकी, महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, युवा महानगर संयोजक संजय सिह, युवा नेताहरू ,बृज किसोर कलवार, उदय यादव , सत्युग साह, निकेश महतो,लोकेश कर्ण,तुलसी राम लगायतको सहभागीता रहेको थियो ।

