
मधेशखबर
४ जेठ , २०७९ वीरगंज
मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरको मेयरमा सत्तागठबन्धनले एमालेसंग ६ हजार भन्दा बढिको अग्रता लिएको छ ।
बुधबार साँझ ७ बजे सम्म २६६९९ मत गणना हुदा मेयरमा गठबन्धनका उम्मेदवारले एमालेका उम्मेदवार भन्दा ६ हजार ८ सय ७५ बढि मत प्राप्त गरेका छन् ।
गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले १३८७८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार विजय कुमार सरावगीले ७००३ मत पाएका छन् । सिंहले सरावगीसंगको मतान्तर निरन्तर बढाउदै लगेका छन् । राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ५७९ मत पाएका छन् ।
यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार इम्तियाज आलमले ९८१७ मतका साथ अग्रता कायम राखेका छन् ।
लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने १९१९ मत पाएका छन् । उपमेयरमै स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा भने १२६८ मतका साथ तेश्रो स्थानमा छिन् । राप्रपाकी उपमेयरकी उमेदवार विना जयसवालका भने १००९ मत रहेको छ ।
३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात ९४ हजार ६ सय मत खसेको थियो ।