Madhes Khabar
राजनीति हेडलाइन

प्रधानमन्त्रीसंग सांसद चौरसियाको प्रश्न : बजेटमा वीरगन्जलाई उपेक्षा किन गरियो ?

वीरगन्ज, ८ असार : पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य (सांसद) अजय चौरसियाले संघीय सरकारले ल्याएको बजेटामा वीरगन्जलाई उपेक्षा गरिएको बताएका छन् ।

प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद चौरसियाले मुलुकको कूल राजश्व संकलनमा ७० प्रतिशत योगदान गर्ने वीरगन्जलाई बजेटमा उपेक्षा र विभेद गरिएको बताएका हुन् ।चौरसियाले प्रधानमन्त्रीसंग प्रश्न गर्दै भने,‘ बजेटामा वीरुगन्ज प्राथमिकतामा किन परेन ? बजेटामा वीरगन्जको विकासका लागि योजना के छ ? ’

चौरसियाले वीरगन्जको नारायणी रंगशाला , नारायणी अस्पताल , ठाकुरराम बहुमुखी क्याम्पसको स्तरोन्नत्ती र पूर्वाधार विकासका लागि कति कति बजेट विनियोजन गगरिएको छ ? भन्ने प्रश्नपनि प्रधानमन्त्रीसंग गरे । उनले वीरगन्जका लागि मात्र नभइ मधेसमा नै कम बजेट दिएको आरोपपनि लगाए ।

सांसद चौरसियाले गरेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताए । उनले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे ।प्रधानमन्त्री प्रचण्डले संघीय सरकारकै मातहतमा मधेश प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको बताए ।

उनले भने,‘ संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरू काम गर्दै आएको छ,आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको छ ।’

प्रधानमन्त्री प्रचण्डले वीरगन्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस लगायत त्यहाँको पुर्वाधार विकासमा समेत सरकारले बजेटको प्रबन्ध गरेको बताए ।

Related posts

उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न बाराका कांग्रेस नेता कार्यकर्तालाई पुर्व गृहमन्त्री खाँणकाे निर्देशन

MadhesKhabar

वीरगन्जमा मधेस प्रदेशस्तरीय ’स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन’ आयोजना हुदैं

MadhesKhabar

वीरगन्जमा एसईई उत्तीर्ण छात्राहरुलाई कम्प्युटर वितरण

MadhesKhabar

Leave a Comment