Madhes Khabar
मधेस प्रदेश

बारामा राष्ट्रिय परिचयपत्र र पासपोर्टका लागि पालिकाबाटै अनलाईन फाराम भर्ने व्यवस्था

मधेसखबर
वीरगन्ज, १९ साउन : बारामा पनि राष्ट्रिय परिचय पत्र र ई–पासपोर्ट बनाउनका लागि भर्नुपर्ने अनलाईन फाराम हरेक पालिकाबाटै भर्न सकिने भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले राष्ट्रिय परिचयपत्र बनाउनु अघि भर्नुपर्ने अनलाईन फाराम भर्न सदरमुकाम कलैयामा आउन नपर्नेगरि व्यवस्था मिलाईएको जानकारी दिए ।त्यसका लागि जिल्लाका १६ वटै पालिकाका एमआईएस अपरेटरहरुलाई तालिम दिईसकिएको उनले बताए ।

विभिन्न पालिकाबाट आएका जनताले सामान्य फर्म भर्न कै लागि हजारौं रुपैयाँ खर्च गर्नुपर्ने र समय पनि खेर जाने गरेको गुनासो आएपछि समस्या समाधानका लागि पालिकाबाट नै दुवै फर्म निःशुल्क भर्नेगरि व्यवस्था मिलाईएको उनको भनाई छ ।

‘राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको फाराम भर्ने क्रममा साईबरहरुले १ हजार, २ हजार लिएर ठग्ने गरेको गुनासो आयो ।’ उनले भने ‘ अब स्थानिय तहबाटै निःशुल्क फाराम भर्न सक्नेगरि व्यवस्था मिलाएका छौं, फाराम भरेपछि मात्रै जिल्ला प्रशासन कार्यालयमा आएर बायोमेट्रिको काम गराउँदा हुन्छ ।’यसो गर्दा आम जनताको समय र पैसा दुवै बचत हुने उनको दावी छ ।

प्रमुख जिल्ला अधिकारी कटुवालले बारामा विदाका दिन कुनैपनि सरकारी गाडी नचलाउन पनि निर्देशन दिएका छन् ।
‘अति आवश्यक काम परे पास लिएर मात्र गाडी चलाउन पाईन्छ ।’ उनले भने ‘ देशको बर्दी बिनाको प्रहरी जनता भएकाले उनीहरुले निगरानी गर्न सक्छन् । विदाको दिन पास बिनाका गाडी गुडेको अवस्थामा रोकेर स्थानीय प्रहरीलाई खबर गर्नुस ।’

प्रजिअ कटुवालले अतिक्रमण भएका सार्वजनिक जग्गालाई स्थानीय सरकारले आफ्नो मातहतमा ल्याएर संरक्षण गर्नुपर्नेमा जोड दिँदै आवश्यक सहयोग गर्न प्रशासन तयार रहेको समेत बताए । साभार : अनलाइन खबर

Related posts

मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

MadhesKhabar

मधेसमा खेती गर्ने जग्गा ११ प्रतिशतले घट्यो

MadhesKhabar

मधेसका मुख्यमन्त्रीलाई सहयोग गर्न लालबाबुको नेतृत्वमा परामर्श समिति गठन

MadhesKhabar

Leave a Comment