Madhes Khabar
मधेस प्रदेश

लहानमा बम पड्काएर ६ घर लुटियो, दुई जना गम्भीर घाइते

सिरहा,१जेष्ठ : सिरहाको लहान नगरपालिका-१७ हरिपुर टोलमा साेमबारराति ६ वटा घरमा लुटपाट भएको छ । ११ बजे रातिदेखि डाकाहरुले बम पड्काएर लुटपाट गरेका हुन् । बम पड्किंदा स्थानीयहरु घाइते भएका छन् ।

स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको हाे । डाकाहरुले नगद, गरहना लुटेका हुन्।

डाकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ । अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवकाे स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

डाकाबाट पीडित भएका परिवारलाई राहत र घाइतेलाई उपचारका लागि लहान नगरपालिकाबाट एक/एक लाख रुपैयाँ उपलब्ध गराउने मेयर महेश चौधरीले जनाएका छन् । मेयर चौधरीले गाउँमै पुगेर घटनाबारे जानकारी लिएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

बारामा १२ वटा मोटरसाइकल सहित चोरको गिरोह नै पक्राउ

MadhesKhabar

बारामा लोसपाद्वारा १३ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

MadhesKhabar

महाेत्तरीमा दुईवटा माेटरसाइकल आपसमा ठाेक्किदा दुई जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment