Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा कबाडी गोदामको खाली जमिनमुनि गाडेर राखिएको ५३ राउण्ड गोली बरामद

सर्लाही,२९चैतःसर्लाहीको मलंगवा स्थित कबाडी गोदामको जमिनमुनि गाडिएको अवस्थामा ५३ राउन्ड गोली बरामद भएको छ। मलंगवा नगरपालिका वडा नम्बर ८ गोरखकालीमा सञ्चालनमा रहेको मोटरसाइकल ग्यारेज अगाडि रहेको कबाडी सामान राख्ने गोदमको जमिन खनेर प्रहरीले बिहीबार ५३ राउन्ड गोली बरामद गरेको हो।

गोरखकालीमा चन्द्रभूषण यादवको घरमा सर्लाहीकै ईश्वर नगरपालिका ५ का विजय महतोले सञ्चालन गरेको भोलेबाबा अटो पार्टस् तथा विजय रिपेयरिङ सेन्टर अगाडि रहेको कबाडी सामान राख्ने खाली जमिनमुनि एएफ ७.६५ लेखिएको ५३ थान गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीप श्रेष्ठले बताए ।

सूचना पाएर प्रहरी निरीक्षक ओमप्रकाश यादव नेतृत्वको टोली कबाडी गोदाममा पुगेर त्यहाँको खाली जमिन करिब ७ इन्च जति खनेर हेर्दा गरगहना राख्ने सानो खालको रातो र सेता ब्यागमा राखिएको अवस्थामा ती गोली बरामद गरेको हो। बरामद गोली पेस्तोलमा लाग्ने गोली भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

Related posts

सर्लाहीमा भारतीय स्कार्पियोको ठक्करबाट दुई जनाको मृत्यु

MadhesKhabar

मधेस प्रदेशमा भाेलि सार्वजनिक बिदा

MadhesKhabar

सर्लाहीमा बाढीले बगाएर दुई जनाको मृत्यु

MadhesKhabar

Leave a Comment