Madhes Khabar
मधेस प्रदेश

बसले अटाेलाई ठक्कर दिदाँ ४ जनाकाे घटनास्थलमै मृत्यु

जनकपुरधाम,१६कात्तिक :धनुषाकाे बीरेन्द्र बजारमा बसले अटोलाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नंबर १ वीरेन्द्र बजारमा भएको उक्त दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको हो ।

उनीहरुकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १४ वर्षीय शीतल मगर र ८ वर्षीय राेशन मगर घाइते भएका छन्।उनिहरुकाे जनकपुरस्थित न्युराे अस्पतालमा उपचार भइरहेको छ।

बसका चालक लखिराम दनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Related posts

रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु

MadhesKhabar

पर्सामा लोसपाको खाता खुल्यो, विन्दवासीनी गाँउपालिका अध्यक्षमा तिवारी विजयी

MadhesKhabar

राैतहटका दुई नगरपालिकामा उपमेयरले नै लगाए ताल्चा

MadhesKhabar

Leave a Comment