Madhes Khabar
मधेस प्रदेश राजनीति

राष्ट्रिय युवा संघकाे मधेस प्रदेश अध्यक्षमा लव अधिकारी

जनकपुरधाम,२२भदाैं: नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेशको अध्यक्षमा लव अधिकारी सर्वसम्मत चयन भएका छन् ।

जनकपुरधाममा बिहीबार राति सम्पन्न प्रथम अधिवेशनले अधिकारीको अध्यक्षतामा ६३ सदस्यीय नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा विशाल साह ‘शंकर’, सचिवमा अशोक महतो, सहसचिवमा नरुल्लाह अन्सारी र ओम प्रकाश साह तथा कोषाध्यक्षमा सुदर्शन काफ्ले सर्वसम्मत चयन भएका छन् ।

यस्तै युवा विज्ञ परिषद् प्रमुखमा पिन्टु कुमार यादव, साइबर सर्कल विभाग प्रमुखमा शशि दास, महिला विभाग प्रमुखमा कमला विश्वकर्मा र प्रचार विभाग प्रमुखमा सुरेशकुमार यादव चयन भएको निर्वाचन आयोगका प्रमुख बलराम बेलबासेले जानकारी दिए ।

Related posts

पर्सा–१ का मतदातासंग एमाले उम्मेदवार यादवको आग्रह : जनताको बीचमा रहेर काम गर्ने नेता हुँ,एकपटक फेरि मौका दिनुहोला

MadhesKhabar

बालेनको सरकारमा को- को बन्दै छन् मन्त्री ? मधेसबाट काे काे परे ?

MadhesKhabar

एमाले जस्तै काँग्रेसलाइ पनि ठेगान लगाइ दिन सक्छौ – प्रचण्ड

MadhesKhabar

Leave a Comment