Madhes Khabar
मधेस प्रदेश

रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको पहिचान खुल्यो

वीरगन्ज,८ भदौं : रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान भएको छ ।मृतक रौटहटको माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइतीघर भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको रौतहटका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

‘प्रारम्भिक अनुसन्धानमा उनी रुवीकुमारी साह रहेको खुलेको छ । उनका आफन्तहरु आएका छन् । मृतकको घर भारतको मुजफ्फरपुर हो । थप कुराहरु बुझ्ने काम हुँदैछ’ कार्कीले भने ।

उनका अनुसार मृतक रुवीका एक छोरा छन् । एक महिनादेखि माधवपट्टीमा उनी डेरा गरी बस्दै आएकी थिइन् । उनको हत्या गरेर शव सुटकेसमा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ ।

शनिबार राति १०ः३० बजे बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । शंकास्पद लागेर प्रहरीले रातभर उक्त सुटकेस रुँगेर बसेको थियो ।आइतबार बिहान सुटकेस खोलेर हेर्दा त्यसभित्र सल र डोरीले घाँटी बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो ।

 

Related posts

काठमाण्डौमा मधेसीलाई धोती भनेर अपमानित गर्नेहरुलाइ कारबाही गर्न मधेसी आयोगको माग

MadhesKhabar

पोखरीमा भेटियो युवकको शव

MadhesKhabar

मधेसका सन्चारकर्मीको हौसला बढाउन मधेस प्रदेश मिडिया अवार्ड प्रदान गरिने

MadhesKhabar

Leave a Comment