Madhes Khabar
मधेस प्रदेश

२ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

जनकपुरधाम,७ भदाैं: सप्तरीको शम्भुनाथ नगरपालिका-३ ट्राफिक चाेकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको झाडीमा मृत फेला परेकी छन्।

मोहम्मद इरफानकी छोरी खुशी आज बिहानदेखि हराएकी थिइन्। परिवारजनले बालिका हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले खोजतलास थालेको थियो। खोजीका क्रममा उनी आफ्नै घरको पछाडिपट्टिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। स्रोतका अनुसार ती व्यक्तिको हाउभाउ तथा गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

बालिकाको मृत्यु कसरी भयो भन्ने विषय भने अझै खुलेको छैन। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रुपक खड्का सहित अनुसन्धानको टोली पुगेको छ । मुचुल्का तथा आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।साभार:नेपाल प्रेस

Related posts

वीरगन्जमा ट्रेड युनियन कांग्रेसको मधेस प्रदेश अधिवेशन सम्पन्न : अध्यक्षमा यादव चयन

MadhesKhabar

एक ट्रक पाल्मोलियन आयल सहित दुइ जना पक्राउ

MadhesKhabar

प्राकृतिक विपदकाे सामना गर्न मधेसका ८ वटै जिल्लामा विपद उद्दार स्वंयसेवक तयार पार्दै सशस्त्र प्रहरी 

MadhesKhabar

Leave a Comment