वीरगन्ज,१९जेठ:आगामी मनसुन र मनसुनजन्य प्राकृतिक विपदकाे सामना गर्न सशस्त्र प्रहरीले मधेस प्रदेशका आठ वटै जिल्लामा विपद उद्दार स्वंयसेवक उत्पादन गर्न थालेकाे छ।सशस्त्र प्रहरीले आठ वटै जिल्लाका पालिकाहरुसंग समन्वय गरेर समुदायमै विपद उद्दार स्वंयसेवक उत्पादन गर्न थालेकाे हाे।त्यसका लागि पहिलाे चरणमा मधेस प्रदेशका ५ जिल्लामा गरि १३९ जनालाई २१ दिने तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरीका (प्रहरी नायब महानिरीक्षक( डिआइजी) कृष्ण ढकालले जानकारी दिए।उनका अनुसार,आइतबारदेखि रौतहटमा ३८ जना, महोत्तरीमा २६ जना, सर्लाहीमा २५ जना, धनुषामा २५ जना र सप्तरीमा २५ जनालाई २१ दिने तालिम सञ्चालन गरिएको हाे।प्रदेशका बाँकी ३ जिल्ला बारा, पर्सा र सिरहामा पनि २५-२५ जनाका लागि छिट्टै उक्त तालिम सञ्चालन गरिने ढकालले बताए ।
मधेस प्रदेशका आठ वटै जिल्लालाई लक्षित ति गरी आगामी मनसुन तथा मनसुन लगायत विभिन्न प्राकृतिक प्रकोपहरुको सामना गर्न स्थानयीय समुदायस्तरमै जनशक्ती निर्माण गर्ने उद्देश्यले पालिकाहरुसंग सहकार्य गरेर समुदायमा नै विपद उद्दार स्वंयसेवक(डिजाष्टर भाेलेन्टियर) उत्पादन गर्न लागेको डिआइजी ढकालले बताए।
मधेस प्रदेश मनसुनजन्य तथा आगलागी जस्ता प्राकृतकि तथा मानवजन्य प्रकोपका हसावले अति नै जोखिमयुक्त भएकाले त्यसैलाई मध्यनजर गर्दै विपदका समयमा कम भन्दा कम धनजनको क्षती होस् भन्ने उद्देश्यले विपदसंग समुदायलाई नै लड्न सक्ने जनशक्ती निमार्ण गर्न हरेक जिल्लामा २१ दिने तालिम सञ्चालन गरिएको ढकालले बताए।
तालिम प्राप्त ती विपद उद्दार स्वंयसेवकहरुलाई प्राकृतिक विपदका बेला उद्दारमा सशस्त्र प्रहरीसंगै खटाइने उनले बताए ।
ढकालले भने,`प्राकृतिक विपदकाे फस्ट रेस्पाेण्डर भनेको स्थानीय समुदाय नै हो ।जब स्थानीय समुदायलाई रेस्पाेन्स गर्न सक्ने बनाउँछौ अनि मात्र विपदबाट हुन सक्ने क्षति न्यून हुन्छ।उद्दारमा हामी खटिदा सकेसम्म मानवीय क्षती हुनै नदिने अभियानमा हुन्छौ । समुदाय र सुरक्षा फौजको सहकार्यमा मात्रै
त्यो सम्भव छ।´

