Madhes Khabar
मधेस प्रदेश

एक ट्रक पाल्मोलियन आयल सहित दुइ जना पक्राउ

मधेसखबर
वरिगन्ज,०३ असार : सशस्त्र प्रहरीले तस्करी गरेर ल्याइएको ठूलो परिमाणको पाल्मोलियन आयल सहितको ट्रक बरामद गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमान नगर कंकालीनी नगरपालिका १ कोेशी ब्यारेज स्थित सडकमा सशस्त्र प्रहरीले युपी ७५ एम ३६९५ नम्बरको ट्रक रोकेर चेकजाच गर्दा उक्त ट्रकमा भन्सार राजश्व नतिरेको ५४ लाख ९६ हजार रुपैया मुल्यकोे १५ सय टिन पाल्मोलियन आयल बरामद गरेको हो ।

सशस्त्र प्रहरीले उक्त ट्रकका चालक भारतको कानपुरका ३० वर्षिय अबध बाबु र सहचालक २३ वर्षिय धिरज कुमारलाइ पनि नियन्त्रणमा लिएको छ ।

बरामद रिफाइन्ड पाल्मोलियन आयलको ५४ लाख ९६ हजार र ट्रकको ५५ लाख गरि कुल १ करोड ९ लाख ९६ हजार मुल्यांकन गरि आवश्यक कार्वाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलका डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।

Related posts

मानव बेचबिखनको पनि ट्रान्जिट प्वाइन्ट बन्दै वीरगन्ज नाका

MadhesKhabar

जनकपुरमा प्रहरी र स्थानीयबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार

MadhesKhabar

झालरबत्ती लगाउने क्रममा करेन्ट लागेर दुई जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment