Madhes Khabar
प्रदेश मधेस प्रदेश

संघले अधिकार दिन कञ्जुस्याईं गर्यो : मुख्यमन्त्री राउत

मधेशखबर
९ असार,२०७९

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले केन्द्रीकृत मानसिकताका कारण विज्ञान प्रविधिमा पछाडि परेको बताएका छन् । जनकपुरधाममा बिहीबार सुरु दुई दिने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् । ‘विज्ञान प्रविधिमा पछाडि पर्नुको मूल कारण केन्द्रीकृत मानसिकता हो’ उनले भने, ‘प्रदेश निर्माण भइसक्दा पनि संघले अधिकार दिनमा कञ्जुस्याईं गरिरहेको छ । जसले आफ्नो प्रदेशले लिएको लक्ष्य प्राप्ति गर्न केही समय अझै लाग्छ ।’
विज्ञान प्रविधिको विकास नै विकासको मूल आधार रहेको भन्दै उनले विज्ञानको अध्ययनले कुनै पनि समाजको गरिबी हटाउन सकिने बताए । नेपाल जस्तो आर्थिक रुपले पछाडि परेको देशको विकासको मुहान नै विज्ञानको विकास बन्नेमा उनले विश्वास व्यक्त गरे ।

मधेस प्रदेशको लक्ष्य नै विज्ञान प्रविधिको विकास र स्थानीयस्तरको प्रविधिको अनुसन्धान गर्नु रहेको भन्दै उनले यो विकासलाई मूलधारमा ल्याउन प्रदेश सरकारले १२ कक्षामा अध्ययन गर्ने छोरीलाई ल्यापटप वितरण गर्ने योजना ल्याएको बताए ।

यो योजनाले प्रभावकारी भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उनले बताए । युवा परिषद नेपालको आयोजनामा जनकपुरधाममा भएको २ दिने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सुरु भएको छ

 

साभार अनलाईन

 

Related posts

एमाले नेताकाे खल्तीबाट राष्ट्रपति बनाइयाे भने संविधान र लाेकतन्त्र दुर्घटनामा पर्छ: गगन थापा

MadhesKhabar

संघीय सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घाेषणा गर्दै मधेस सरकार

MadhesKhabar

राैतहट गाेलीकाण्ड: पक्राउ परेका तीन भारतीय सुटरलाई प्रहरीले गर्याे सार्वजनिक

MadhesKhabar

Leave a Comment