Madhes Khabar
मधेस प्रदेश

संघीय सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घाेषणा गर्दै मधेस सरकार

जनकपुरधाम,२२कार्तिक:संघीय सरकारको विरुद्धमा मधेस सरकारले आज आन्दोलनको कार्यक्रम घोषणा गर्दैछ। संघीय सरकारले प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयनमा ल्याउन ढिलाइ गरेको भन्दै मधेस प्रदेश सरकारले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो।

आज बुधबार दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिमले जानकारी दिए।

यसअघि सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐनलगायतको विषयमा सङ्घर्षमा उत्रिनेसम्मको निर्णय गरेअनुसार आज बुधार आन्दोलनको कार्यक्रम घोषणा गर्न लागिएको उनले बताए।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै नेतृत्वमा भोलि बिहीबार प्रधानमन्त्री पुष्पकमल दहाल समक्ष १५ दिने अल्टिमेटसहित ज्ञापन पत्र बुझाउने बताइएको छ।साभार:नागरिकबाट

Related posts

मधेस प्रदेशमा बाढी र डुबानबाट पाँच जनाको मृत्यु, दुई जना बेपत्ता

MadhesKhabar

मधेस चिनाउँदै ‘झिंझिया’

MadhesKhabar

महोत्तरीको मटिहानीमा भीषण आगलागी, सय भन्दा बढी घर जले

MadhesKhabar

Leave a Comment