Madhes Khabar
मधेस प्रदेश

राैतहट गाेलीकाण्ड: पक्राउ परेका तीन भारतीय सुटरलाई प्रहरीले गर्याे सार्वजनिक

रौतहट,३चैत:रौतहटमा शुक्रबार मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका तीन जना भारतीय नागरिकलाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।

शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ रामपुरखापमा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो ।

घटनालगत्तै खटिएको प्रहरीले खोजतलास गर्दा तीन जना भारतीय नागरिक पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक १९ वर्षका मुनिफकुमार यादव, १८ वर्षका राजकुमार पासवान र २० वर्षका चन्द्रभान सिंह रहेका छन् ।

उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल, पेस्तोल गोली लगायतका सामान बरामद गरेको छ ।

गोली प्रहारबाट घाइते भएका नितेशको सुरुमा बाराको नाैतनस्थित एलएस न्यूरो अस्पतालमा उपचार गरिएको थियो ।

आँखामा समस्या देखिएकाले थप उपचारका लागि उनलाई काठमाडौंको तिलगंगा आँखा अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिइन् ।साभार:अनलाइनखबरबाट

Related posts

लुकेर भिडियो बनाउने ससुरामाथि मुद्दा लगाउन धर्नामा बुहारी

MadhesKhabar

विमान दुर्घटनाको शाेकमा मधेस प्रदेश सभामुखकाे मतदान स्थगित

MadhesKhabar

मधेसमा खेती गर्ने जग्गा ११ प्रतिशतले घट्यो

MadhesKhabar

Leave a Comment