Madhes Khabar
मधेस प्रदेश हेडलाइन

विमान दुर्घटनाको शाेकमा मधेस प्रदेश सभामुखकाे मतदान स्थगित

मधेसखबर
वीरगन्ज ,०२माघ :मधेस प्रदेश सभाको साेमबार बस्ने तय भएकाे बैठक र सभामुखको मतदान स्थगित भएको छ । पोखरामा आइतबार भएको विमान दुर्घटनाको शोकमा सरकारले सार्वजनिक विदा दिएकाले मधेश प्रदेश सभाको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सांसदलाई मोबाइलमा एसएमएस पठाएर बैठक स्थगित गरिएको जानकारी दिइएको छ ।

आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका थियो ।

अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना प्रदेश सांसदहरुलाई पठाइएको छ । यसका साथै मंगलबार नै सभामुखको निर्वाचन समेत हुने सचिवालयले एसएमएस मार्फत् जानकारी पठाएको प्रदेश सांसद रामचन्द्र मण्डलले जानकारी दिए ।

Related posts

महोत्तरीको सम्सीमा लुटेरा समूहबाट बालिका बलात्कृत

MadhesKhabar

संघिय सांसद यादवद्वारा बीरगन्जको राधेमाईमा नवनिर्मित रामजानकी मन्दिरको उद्घाटन

MadhesKhabar

एक महिनामा वीरगन्ज नका हुँदै भित्रियो १५ हजार टन डीएपी मल

MadhesKhabar

Leave a Comment