Madhes Khabar
मधेस प्रदेश

सिरहामा एक युवकको हत्या

जनकपुरधाम, १६ साउन : सिरहामा एक युवकको शव फेला परेको छ ।सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो । उनको सनाखत भने भएको छैन ।

युवकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनराज पाण्डेले जानकारी दिए ।

मंगलबार बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरी नायब उपरीक्षक पाण्डेले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए ।

 

Related posts

संघ सरकार विरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी

MadhesKhabar

महोत्तरी मटिहानीको आगलागी(अपडेट): १२५ घरगाेठ जलेर बस्ती नै सखाप

MadhesKhabar

प्रदेश सरकारको अस्थिरताले मधेसमा १० महिनामा १५.९६ प्रतिशत बजेट मात्र खर्च

MadhesKhabar

Leave a Comment