Madhes Khabar
मधेस प्रदेश

मधेस: बलात्कारको उजुरी दर्ता गर्न घुस लिएका असई पक्राउ

काठमाडौं ,३०चैत: बलात्कारको उजुरी दर्ता गर्न घुस मागेको आरोपमा सिरहामा एक प्रहरी सहायक निरीक्षक(असई) पक्राउ परेका छन् ।

सिराहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखाका असई सचिन भदिसवारलाई अख्तियारको टोलीले ९ हजार घुससहित पक्राउ गरेको हो ।

उनले बलात्कारको उजुरी दर्ता गर्न पीडितसँग ९ हजार रुपैयाँ घुस मागेको अख्तियारको दावी छ ।

अख्तियारका अनुसार उक्त उजुरी दर्ता गर्न अदालतले समेत आदेश जारी गरेको थियो । अख्तियारको टोलीले मिर्चैया–५ को थानाचोकबाट उनलाई ९ हजार घुससहित नियन्त्रणमा लिएको हो ।

Related posts

प्रदेश सरकारको नीति तथा कार्यक्रममा वीरगन्जका लागि विशेष प्याकेजको माग

MadhesKhabar

पर्सामा नेपाल ब्युटिसियन सङ्घको २२ औं स्थापना दिवस र तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment