Madhes Khabar
मधेस प्रदेश

नागरिकता विधेयक रोकेकोको विरोधमा राष्ट्रपतिको पुत्ला दहन

मधेसखबर
वीरगन्ज,११ असोज : नागरिकता विधेयक प्रमाणीकरण नगरी नेपाली नागरिकलाई गैरनागरिक बनाउने षडयन्त्र गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) का युवा, विद्यार्थी तथा महिला संगठनहरूले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका छन् ।

सप्तरीको राजविराजस्थित शिव मन्दिरबाट निस्किएको जुलुस नगर परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगेपछि प्रहरीको घेरा छिचोल्दै युवा ,विद्यार्थी तथा महिलाहरूले राष्ट्रपति भण्डारीको पुत्ला जलाएका हुन् ।

प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति भण्डारीविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । पुत्ला दहनपछि स्थानीय जनआन्दोलन चोकमा जसपाका युवा, विद्यार्थी तथा महिला नेताहरूले संसद्को दुवै सदनबाट दुईपटक पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता विधेयक रोकेर राष्ट्रपतिले संविधानको खिल्ली उडाएको र राष्ट्रपति राष्ट्र र संविधानको संरक्षक नबनेको आरोप लगाए । साभार : कान्तिपुर

Related posts

मधेश प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित

MadhesKhabar

पर्सामा नेपाल ब्युटिसियन सङ्घको २२ औं स्थापना दिवस र तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

MadhesKhabar

प्रेस युनियन रौतहटको अध्यक्षमा शिवाकोटी सर्वसम्मत चयन

MadhesKhabar

Leave a Comment