Madhes Khabar
मधेस प्रदेश

मधेश प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित

वीरगन्ज ,०३ माघ: मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।

मंगलबार प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा मण्डल निर्वाचित भएका हुन् । मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा मण्डलको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको छ । आज मङ्गलबार सदनमा एकसय ३ सांसद उपस्थित थिए ।

मण्डल निर्वाचित भएको सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले घोषणा गरेका हुन् ।

मण्डललाई सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र दुई स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका हुन् ।

मण्डल धनुषा क्षेत्र नं. १ (ख)बाट दोश्रोपटक निर्वाचित सांसद हुन् । विपक्षमा कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मतदान गरेका थिए ।

नेपाली कांग्रेसबाट सभामुखमा जंगीलाल राय उम्मेदवार थिए । प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।

Related posts

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

MadhesKhabar

मधेस प्रदेश सरकारमा कांग्रेस ‘इन’ , माओवादी ‘आउट’

MadhesKhabar

सर्लाहीमा जलाउन लागेको युवतीको शव प्रहरी नियन्त्रणमा, पतिसहित तीन जना पक्राउ

MadhesKhabar

Leave a Comment