Madhes Khabar
मधेस प्रदेश

मधेश प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित

वीरगन्ज ,०३ माघ: मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।

मंगलबार प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा मण्डल निर्वाचित भएका हुन् । मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा मण्डलको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको छ । आज मङ्गलबार सदनमा एकसय ३ सांसद उपस्थित थिए ।

मण्डल निर्वाचित भएको सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले घोषणा गरेका हुन् ।

मण्डललाई सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र दुई स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका हुन् ।

मण्डल धनुषा क्षेत्र नं. १ (ख)बाट दोश्रोपटक निर्वाचित सांसद हुन् । विपक्षमा कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मतदान गरेका थिए ।

नेपाली कांग्रेसबाट सभामुखमा जंगीलाल राय उम्मेदवार थिए । प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।

Related posts

मधेस सरकारले प्रधानमन्त्री प्रचण्डलाई दियो ३० दिने अल्टिमेटमसहित आन्दोलनको धम्की

MadhesKhabar

रौतहटमा अत्याधिक गर्मीले रोडमै ढलेका एक पुरुषको मृत्यु

MadhesKhabar

अफताब आलमविरुद्धकाे मुद्दामा १५ दिनभित्र ‘बहस नोट’ पेस गर्न अदालतकाे आदेश

MadhesKhabar

Leave a Comment