Madhes Khabar
समाचार

वनभोज गएका मेयरका स्वकीय सचिवको खाना सर्केर मृत्यु

सांकेतिक फाेटाे

रामेछाप,५फाल्गुन:रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ। रामेछाप नगरपालिकाका मेयरका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले जानकारी दिए ।

रामेछाप नगरपालिकाका कर्मचारीहरुले नगरपालिकाकै वडा नंबर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेका थिए।

खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो। खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो।

पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उनको मृत्यु भएको हो।

उक्त घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नंबर ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए। उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ। हाल उनको अवस्था सामान्य छ।साभार:नागरिकबाट

Related posts

सट्टेबाजी अड्डामा प्रहरीको छापा, पाँच भारतीयसहित १७ जना पक्राउ

MadhesKhabar

सरकारले तोेकेको न्युनतम तलब पनि नपाएको पर्साका श्रमजिवी पत्रकारको गुनासो

MadhesKhabar

सई यादवको ठूलो सफलता : परालको भुस लोड रहेको ट्रकबाट ८ क्युन्टल काजु बरामद

MadhesKhabar

Leave a Comment