Madhes Khabar
समाचार

विदेशमा मात्रै अवसर नखोजेर देशमै केही नयाँ गर्न युवाहरुलाई मन्त्री यादवको सुझाव

वीरगन्ज,११ कात्र्तिकःसंघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले शिक्षालाई केवल प्रमाणपत्र नभई जीवन बुझ्ने र समाधान खोज्ने सीपको रूपमा लिनुपर्ने बताएका छन् ।

आइतबार वीरगन्जस्थित ओम नेशनल एकेडेमीद्वारा आयोजित कक्षा ११ का विद्यार्थीहरूको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र आत्मविश्वासका साथ आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्दै शिक्षालाई केवल प्रमाणपत्र नभई जीवन बुझ्ने र समाधान खोज्ने सीपको रूपमा लिनुपर्ने बताए।उनले भने,‘“विद्यार्थी जीवनमा आफूभित्रको नेतृत्व क्षमता र सृजनशीलता विकास गर्न विशेष ध्यान दिनुपर्छ,” ।

मन्त्री यादवलले विद्यार्थीहरूलाई विद्यालयले दिएको ज्ञान र जीवन पाठले आगामी जीवनको हरेक मोडमा मार्गदर्शन रूपमा प्रयोग गर्न आग्रह गरे। साथै आइपर्ने चुनौतीहरूको सामना गर्दै देश र समाजको सेवा गर्ने सोच राख्नपनि उनले सुझाए ।

मन्त्री यादवले विदेशमा मात्रै अवसर नखोजेर देशमै केही नयाँ गर्न युवाहरूले अग्रसरता लिनुपर्नेमा जोड दिए। “तपाईँहरूको सोच र मेहनतले देशको भविष्य निर्माणमा ठूलो योगदान पु¥याउन सक्छ,” उनले भने ।जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव समेत रहेका यादवले विद्यालय र अभिभावकहरूको योगदानप्रति आभार प्रकट गर्दै विद्यार्थीहरूलाई सफल शैक्षिक यात्रा तय गर्न शुभकामना पनि व्यक्त गरे ।

कार्यक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले विद्यालय र अभिभावकहरूको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूलाई आफ्नो अध्ययनसँगै समाजप्रति जिम्मेवार हुन र नेतृत्वको भूमिकामा सहभागी हुन प्रेरित गरे ।

Related posts

काठमाडौंका सडकमा मध्यराति खानेपानीमन्त्री यादवको छड्के अनुगमन

MadhesKhabar

वीरगन्जका सञ्चारकर्मी सर्राफसंग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरीका असई सिंहमाथि कारबाही सुरु

MadhesKhabar

वीरगन्ज नाकामा पनि सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुर परिचालन

MadhesKhabar

Leave a Comment