Madhes Khabar
समाचार

वीरगन्जको एक घरमा प्रहरीको छापा : ब्राउन सुगर र गाँजासहित २ युवक पक्राउ

वीरगन्ज,२४ असारः वीरगन्जमा प्रहरीले लागू औषध ब्राउन सुगर र गाँजासहित २ जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साकाे पाेखरिया नगरपालिका-१ घर भई हाल हाल वीरगन्ज-२४ रामगढवामा डेरा लिई बस्ने २१ वर्षीय राहुल बैठा र उनिसगैं बस्ने सुनसरीकाे इटहरीका २२ वर्षीय साइमन क्षेत्री रहेका छन्।

अस्थायी प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरी टोलीले वीरगन्ज-२४ रामगढवास्थित बैठाकाे डेरा काेठामा छापा मारेर ब्राउन सुगर ३ ग्राम ७२ मिलिग्राम र गाँजा १ पुरियासहित बैठा र क्षेत्रीलाई पक्राउ गरेकोे हाे।

लागू औषध ब्राउन सुगर र गाँजासहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर प्रचलित कानुन बमोजिम कानूनी कारबाही प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

Related posts

पर्सामा एक महिनामा समातिए ४७ फरार कैदीबन्दी

MadhesKhabar

शंकर आचार्यको अध्यक्षतामा इकोनोमिक रिपोर्टर्स एशोसियसनको तदर्थ समिति गठन

MadhesKhabar

पूर्वराजा ज्ञानेन्द्र शाहले भने:कश्मीरमा हिन्दूवादी माथिको आक्रमण निन्दनीय

MadhesKhabar

Leave a Comment