Madhes Khabar
समाचार

तीनकुने प्रदर्शनमा मारिएका सुरेश र सविनको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने

काठमाडौं,२०चैतःगत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्यान गुमाउने २ युवाका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ सहयोग दिने भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गत चैत १५ गतेका दिन बिहान १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए । रिपोर्टिङका क्रममा तीनकुनेमा एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर सुरेशको मृत्यु भएको थियो ।उनको पोस्टमार्टम रिपोर्टमा जलेर मृत्यु भएको देखिएको छ ।

त्यस्तै काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको हो ।

Related posts

आउँदो मंगलबारदेखि नेपालमा मनसुन प्रवेश हुने र गर्मी कम हुने मौसमविद्को अनुमान

MadhesKhabar

वीरगन्जका बरिष्ठ पत्रकार पाण्डेको निधन

MadhesKhabar

इन्धनमा गरिएको मुल्य वृद्धिको विरोधमा वीरगन्जमा प्रदर्शन

MadhesKhabar

Leave a Comment