वीरगन्ज,२६पुस: वीरगन्जस्थित परवानीपुर बाइपासमा शुक्रबार राति ९ बजे फोरक्लिप र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार युवकको मृत्युु भएको छ।
प्रदेश २–०३–०२३ प ७१ नम्बरको पल्सर मोटरसाइकल माल लोड गर्ने फोरक्लिपसँग ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते मोटरसाइकल चालकलाई तत्काल वीरगन्ज-१४ बहुअरीस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा लगिएको थियो। तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतक युवकको शव अस्पतालमै राखिएको छ। प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको जनाएको छ ।

