Madhes Khabar
समाचार

मोटरसाइकल चोर्ने परवानीपुरका दुई युवक प्रहरीको फन्दामा

बारा,२९चैतःबारामा प्रहरीले चोरी भएको मोटरसाइकलसहित त्यसमा संलग्न दुई जना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराकै परबानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरका २१ वर्षियय बली साह सोनार र त्यही गाँउका २५ बर्षियय रामनिवास राउत भेडिहर रहेका छन् ।

परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरबाट ना ६५ प ६६५६ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चोरी भएको थियो । चोरी भएको उक्त मोटरसाइकल खोजलासका क्रममा गत मंगलबार बेलुकी ८ बजेतिर परवानीपुर गाउँँपालिका वडा नम्बर ५ गण्डक नहर स्थित सडकबाट चोरी भएको मोटरसाईकल सहित सोनार र भेडिहर फेला परेपछि नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले जानकारी दिए ।

पक्राउ परेका दुवै जनाविरुद्ध चोरी मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

 

Related posts

वीरगन्जबाट जाँदै गरेकाे बसबाट ११ लाखकाे चाँदी बरामद

MadhesKhabar

रुकुममा जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु , १० घाइते

MadhesKhabar

बाराको मटिअर्वा नाकामा भारतीय एसएसवीको ज्यादती

MadhesKhabar

Leave a Comment