Madhes Khabar
समाचार

बाराकाे सीमावर्ती क्षेत्रकाे राइस मिलबाट तस्करीकाे ९० बाेरा प्याज बरामद

वीरगन्ज,२७चैत:भारतबाट तस्करी गरेर ल्याई बाराकाे सीमावर्ती क्षेत्रकाे एक राइस मिलमा भण्डारण गरि राखिएको ठूलाे परिमाणकाे प्याज प्रहरीले बरामद गरेकाे छ।

विशेष सुचनाकाे आधारमा मंगलबार ईलाका प्रहरी कार्यालय प्रसाैनी र छतवाबाट खटिएको प्रहरी टाेलीले ९० बाेरा प्याज बरामद गरेको हाे।बाराकाे विश्रामपुर गाँउपालिका वडा नम्बर २ कान्तिपुरस्थित कायख राईस मिलभित्र अवैध रुपमा भण्डारणा गरेर राखिएको ९० बाेरा प्याज बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले जानकारी दिए।

बरामद प्याजकाे बजार मूल्य अन्दाजी १ लाख ५० हजार रुपैयाँ रहेकाेपनि उनले बताए ।बरामद प्याज जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको उनले जानकारी दिए।

Related posts

मन्त्रालयका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउनेछु : खानेपानी मन्त्री यादव

MadhesKhabar

हिमाल आरोहणका लागि ९ सय ४५ जनालाई अनुमति

MadhesKhabar

वीरगन्जमा जसपा र काँग्रेसको चुनावी ब्यानर एउटै – राजेशमान र इम्तियाजले संगसंगै भोट माग्न थाले

MadhesKhabar

Leave a Comment