Madhes Khabar
समाचार

बारामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा सेवानिवृत्त शिक्षकको मृत्यु

बारा,१०चैतःबाराको जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवाना–बडहर्वा सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक सेवानिवृत्त शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको संग्रामपुर घर भई हाल जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ६१ वर्षीय केदारप्रसाद शर्मा रहेका छन् ।

डुमरवानाबाट प्र.०२–०३–००७ प २३४१ नम्बरको मोटरसाइकल चलाएर बडहर्वातर्फ जाँदै गरेका शर्मालाई त्यहि दिशाबाट गुडिरहेको ना ७ त ५२२६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । उक्त ट्याक्टरले ठक्कर दिँदा शर्माको मोटरसाइकल अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको प्र.०२–०३–००१ त नम्बरको अर्को ट्याक्टरमा ठोक्किएको थियो ।

ठक्करबाट गम्भीर घाइते शर्माको उपचारका क्रममा वीरगन्जस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एंव प्रहरी निरीक्षक सुरेश भट्टले जानकारी दिए ।

Related posts

साउनको दोश्रो सातासम्म पनि पर्याप्त पानी नपर्दा धान किसान चिन्तित

MadhesKhabar

श्रोत नखुलेको ८३ लाख रकम सहित दुई जना पक्राउ

MadhesKhabar

पर्साबाट आँफै सरुवा मागेर गृह मन्त्रालयमा गएका अर्याल बने चितवनकाे सीडीओ

MadhesKhabar

Leave a Comment