Madhes Khabar
समाचार

राैतहटमा २४ घण्टादेखि ठप्प पूर्वपश्चिम राजमार्ग बल्ल खुल्यो

राैतहट,१६पुस:राैतहटकाे चन्द्रपुर-४ स्थित पूर्वपश्चिम राजमार्गको लमाहा खण्डमा मंलबार बिहान साढे ७ बजे पल्टिएको टंयाकर बुधबार बिहान साढे ७ बजे सडकबाट पन्छाएर सवारी सुचारु गरिएको छ ।

दैनिक ५ हजार सवारी ओहोरदोहार गर्ने राजमार्ग ठप्प हुँदा हजारौं यात्रुहरुले दु:ख पाए । राज्य सयन्त्र कति फितलो छ भन्ने यो घट्नाले देखाएको छ । २४ घण्टादेखि ठप्प राजमार्ग बल्ल खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

भारतको रक्सौलबाट नोबेल ग्यास कम्पनिका एलपीजी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्यांकर मंगलबर बिहान राजमार्गको बीच सडकमै पल्टियो । २१ टन लोड भएको ट्यांकरबाट त्यसबेलादेखि ग्यास लिक हुन थाल्यो ।

 

सुरक्षाकर्मिले ट्यांकर उठाएर बाटो खुलाउन ६ वटा क्रेन मगाए । ग्यास लिक भए पछि आगलगी हुने त्रासले घट्नास्थलमा बारुणयन्त्र मगाएर पानी पटायो । क्रेनले पटक–पटक उचाल्न खोज्दा सकेन । ग्यास कम्पनीका प्राविधिकहरु समेत रातभरी खटिए । उपलब्धि शून्य भयो । प्राविधिकहरुले सबै ग्यास बाहिर निकालेपछि ट्यांकर हलुका हुन्छ र उठाउन सजिलो हन्छ भन्ने प्राविधिकले भने पछि त्यही अनुसार गरियो ।

तर ग्यास बाहिर निकाल्दा नजिकै रहेको हाइटेन्सन लाईन रहेकोले आगलगीको अत्यधिक सम्भावना हुने भन्दै रौतहटको स्थानीय प्रशासनले ऊर्जा मन्त्रालयलाई अनुरोध गर्‍यो । राष्ट्रिय प्रशारण लाइन भएकाले अहिले बन्द गर्न नसकिने जवाफ आएपछि पाइप लगाएर दक्षिणतर्फ ग्यास निकालेर फाले । झण्डै ८० प्रतिशत ग्यास निकालेर मध्य रातमा क्रेनले ट्यांकर उठाउन लाग्दा इन्जिन र ट्यांकीको भाग नै अलग भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिए ।

‘हामी बिहानदेखि बाटो खुलाउन लागी परेका थियौं । तर बलियो र ठूलो क्रेन नभएकाले उठाउन सकेनौं,’ उनले भने, ‘यही कारण बाटो खुलाउन २४ घण्टा लाग्यो । सबैले सास्ती भोगे ।’ पल्टिँदा ट्यांकर चालक भारतको कदोरा, जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् ।

ट्यांकर पल्टिएपछि ग्यास लिक हुन थालेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले राजमार्गको दुवैतर्फ सवारी आवागमन रोक लगाएपछि गन्तव्यमा हिँडेका सवार यात्रुहरुले २४ घण्टादेखि सास्ती भोगे । अधिकांश सवारीहरु भित्रि बाटो हुँदै निस्किए । ग्यास लिक भएपछि उठाउन कठिन भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी रुपा लाबुङ्गले बताइन् ।

‘सबैभन्दा कठिन काम ग्यास लिक भएपछि आगलागी हुने त्रास थियो,’ उनले भनिन्, ‘प्राविधिकहरुले पनि लिक भएको ग्यासका कारण ट्यांकर नै खाली गराउन सुझाव दिए । यही कारण ढिला हुन गयो ।’साभार:कान्तिपुर

Related posts

कानुन व्यवसायीलाई लाइसेन्स दिन मापदण्ड बनाउने कुरा सही छ : मन्त्री चौरसिया

MadhesKhabar

सिमरामा परिक्षा दिन गएका ठाकुरराम क्याम्पसका एक विद्यार्थीकाे मृत्यु

MadhesKhabar

वीरगन्जबाट मूर्ती सेलाउन गएको जिप दुर्घटना : १ को मृत्यु , ६ घाइते

MadhesKhabar

Leave a Comment