Madhes Khabar
समाचार

एन प्याब्सनले आयाेजना गरेकाे हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ एकेडेमी प्रथम

मधेसखबर
वीरगन्ज ,२० भदौं : वीरगन्जमा नेशनल प्याब्सन पर्साको आयाेजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ ।

साेमबार ग्लाेबल विजनेश कलेजमा आयाेजित हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ एकेडेमी प्रथम, ग्रिनल्याण्ड मावि द्वितीय र विद्यासदन मावि तृतीय भएका छन् ।प्रतियोगितामा एपेक्स स्कुलले सान्तवना स्थान हासिल गर्याे ।

एन प्याब्सन पर्साका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षता एंव एन प्याब्सन मधेस प्रदेशका अध्यक्ष नन्दन यादवको प्रमुख आतिथ्यतामा सम्पन्न हाजिरी जवाफ प्रतियोगिताकमा पहिलाे , दाेश्रो र तेश्रो स्थान हासिल गरेका विधालयका विधार्थीहरुलाई एन प्याब्सनका केन्द्रिय सदस्य इन्द्रदेव साह , जिल्ला कोषाध्यक्ष राजेश लिम्बु , जिल्ल सल्लाहकार लाल बहादुर गुरुङ , नेपाल रग्बी एसोसियसनका मधेस प्रदेश अध्यक्ष उत्तम गुप्ता, सचिव सोनालाल पटेल लगायतले शिल्ड र प्रमाण पत्र बितरण गरेका थिए ।

Related posts

गर्भमा फेरी पनि छोरी रहेको थाहा पाएपछि पुनमको हत्या गरेको माईत पक्षको आरोप

MadhesKhabar

भोजपुरी प्रतिष्ठान, वीरगंजद्वारा “फगुआ के रंग लोक गीत के संग” कार्यक्रम सम्पन्न

MadhesKhabar

वीरगन्जको कार्यपालिका सदस्यको निर्वाचनमा जसपाका तीन जनप्रतिनिधी अनुपस्थित

MadhesKhabar

Leave a Comment