Madhes Khabar
समाचार

पर्सामा बिधुत चोरेको आरोपमा सात जना पक्राउ

मधेसखबर
वीरगन्ज,१२जेठ
:पर्साको ग्रामीण भेगका विभिन्न स्थानमा विद्युत चोरी गरि उपयोग गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।
पोखरीया स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको चुहावट नियन्त्रण टोलिले विभिन्न गाँउबाट ७ जनालाइ पक्राउ गरेको हो । बिजुलीको पोलमा सिधै हुकिङ गरेर विद्युत चोरेको आरोपमा प्राधिकरणको टोलीले ७ जना मानिस सहित पानी तान्ने २ थान मोटर र १ थान पंखा पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा प्रसौनीभाठाका भोला साह गोढ,फरदवाका कृष्णा चौधरी, कटेयाका सुरज महरा र ढोरा सहनी , एकडरवाका राजेश राउत र हरिन्द्र सहनी रहेका छन् । पक्राउ परेकाहरुलाइ कानुन अनुसार जरिवाना तिराएर छाडिएको विद्युत प्राधिकरण पोखरीया वितरण केन्द्रका प्रमुख जगरनाथ झाले जानकारी दिए ।

Related posts

फाेटाे पत्रकार महासंघ पर्साकाे पहिलाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

MadhesKhabar

रौतहटमा लागुऔषध बेच्ने मेडिकल सञ्चालक पक्राउ

MadhesKhabar

मिटरब्याज पीडितलाई गृह मन्त्रालयले काठमाडौंबाट गाडी व्यवस्था गरेर घर पठायो

MadhesKhabar

Leave a Comment