Madhes Khabar
समाचार

सहकारी पिडितहरुले सरकारको विरोधमा निकाले अर्धनग्न जुलुस

काठमाडौं,१५बैशाख:लामो समयदेखि आन्दोलित सहकारी तथा लघुवित्त पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलमा जम्मा भएका सहकारी पीडितहरूले अर्धनग्न बनेर प्रदर्शन गरेका हुन् ।

पीडितहरूले कालो रङको कपडाले शरीरको भाग आधा मात्रै छोपेर प्रदर्शन गरेका हुन् ।

यसो गरेर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध गरिएको जनाएका छन् ।

प्रदर्शनमा सहभागी अरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका थिए । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

उनीहरूले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायत नारा लेखेका प्लेकार्डसहित प्रदर्शन गरे ।

देशभरका सयौँ सहकारी संस्थाको बचत रकम अपचलन हुँदा हजारौँ पीडित छन् । उनीहरू करिब एक वर्षदेखि सडकमा छन् ।

उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर बचत फिर्ता गर्न भनेका छन् ।तरअहिलेसम्म सरकारले उनीहरूका सम्बोधन गरेको छैन ।साभार:खबरहब

Related posts

सरकारसंग सांसद हजराकाे प्रश्न : पर्साका जनता पानीका लागि कहिलेसम्म व्याकुल भएर तड्पी रहने ?

MadhesKhabar

सम्भावित जोखिमलाई मध्यनजर गर्दै काम गर्न मन्त्री यादवकाे निर्देशन

MadhesKhabar

पर्सा: सडकमा ह्युमपाइप राख्न खनिएको खाल्डाेमा माेटरसाइकल खस्दा एक युवकको मृत्युु

MadhesKhabar

Leave a Comment