Madhes Khabar
समाचार

पर्सा: सडकमा ह्युमपाइप राख्न खनिएको खाल्डाेमा माेटरसाइकल खस्दा एक युवकको मृत्युु

वीरगन्ज,२माघ:पर्साको सखुवा प्रसाैनीमा ह्युमपाइप राख्न खनिएको खाल्डाेमा माेटरसाइकल खस्दा एक युवककाे मृत्यु भएको छ।अर्का एक युवक गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर २ जमुनियाका २३ वर्षीय सुदर्शन चाैधरी रहेका छन् ।

सखुवा प्रसा‌ाी गाउँपालिका वडा नम्बर २ कर्बाेला चाेककाे सडकमा ह्युम पाइप राख्नका लागि खनिएको खाल्डोमा मंगलबार राति ९ बजे पथरैया बाट पचगावा जाने क्रममा ना २८ प ३८१९ नम्बरको एफजेड मोटरसाइकल खस्दा मोटरसाइकल पछाडि बसेका चाैधरी गम्भीर घाइते भएका थिए ।उनकाे वीरगन्जस्थित एलएस न्युराे अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हाे।दुर्घटनामा गम्भीर घाइते भएका माेटरसाइकल चालक जमुनियाकै २४ वर्षीय दिपेन्द्र चाैधरीकाे एलएस न्युराे अस्पतालमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जानकारी दिएको छ।

घटना बारेमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

Related posts

सन्दीप लामिछानेको मुद्दामा आजपनि फैसला भएन

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

वीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश (फोटो फिचर सहित)

MadhesKhabar

Leave a Comment