Madhes Khabar
समाचार हेडलाइन

निर्वाचन र होलि लक्षित सुरक्षा रणनितिः मधेशका जिल्लामा उच्च सतर्कता अपनाउन गृहमन्त्रि अर्यालको निर्देशन


वीरगंज ,फागुन १५ :निर्वाचन सुरक्षाका विषयमा गृह मन्त्रि ओम प्रकास अर्याल, कार्यावाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मधेश प्रदेशका पर्सा , बारा , रौतहट लगायतका जिल्लाहरुमा सुरक्षा निकायका प्रमुख, निर्वाचन प्रमुख लगायतहरुसंग विशेष छलफल गरेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बारा र पर्साका सुरक्षा निकायका सुरक्षा प्रमुख , जिल्ला निर्वाचन प्रमुख लगायतसंग निर्वाचन सुरक्षा केन्द्रित छलफल गरेका छन् ।

जिल्लाहरुका मतदान केन्द्र ,मतदान स्थल , संवेदनशील मतदान केन्द्र र मतदान स्थलहरुको सुरक्षा व्यवस्थापनको तैयारीका बारेमा बुझिएको छ भने त्यसंग सम्बन्धित केही निदेर्शन पनि गृह मन्त्रि अर्याले दिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् ।
रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव भने निर्वाचन लक्षित जिल्लको सुरक्षा व्यवस्थापनको बारेमा बुझदै केही निर्देशन पनि दिएको जानकारी दिएका छन् । र केही दिन पहिले दुई समुदाय विचको विवादका विषयमा पनि छलफल भएको यादवले बताए । निर्वाचनको बेलामा पनि सुरक्षाको दृष्टिकोणले थप केही आवशयक परे संवेदनशिलताको हिसाबले केन्द्रबाट पनि व्यवस्थापनमा सहकार्य गर्ने गरी तैयारी भएको उनले बताए ।

यी क्षेत्रहरुमा पछिल्लो समय भएका साम्प्रादायिक तनाव जोडीएको सिमा क्षेत्र होलि आगवै परेको चाडवाडसंगै निर्वाचन लक्षित सुरक्षा व्यवस्थापनमा मधेश प्रदेश अन्तर्गतका जिल्लाहरुमा पर्न सक्ने चुनौती र समाधानबारेको रणनितिमा समेत छलफल भएको बताइएको छ ।

Related posts

एकहप्ता भित्र मुआब्जा नपाए ड्राइपोर्टमै आन्दोलन थाल्ने सिर्सियाका पिडित जग्गाधनीहरुको चेतावनी

MadhesKhabar

छठ पूजाका लागि बेहुली झैं सजाइए वीरगन्जका छठ घाटहरु

MadhesKhabar

जलवायु परिवर्तनको समस्या समाधानका लागि अग्रसर हुन आवश्यक छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment