Madhes Khabar
समाचार

बाढीपीडितका लागि वर्ल्डलिंकले दियो १ करोड १ लाख रुपैयाँ

काठमाडौं,२३ भदौं : इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग प्रदान गरेको छ ।

वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर १ करोड १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले वल्र्डलिंकले उक्त रकम प्रदान गरेको जनाएको छ ।

‘वल्र्डलिंकका लागि यो सहयोग केवल व्यावसायिक क्षेत्रसँग जोडिएको कुनै गतिविधि होइन, मानवीयता र राष्ट्रप्रतिको जिम्मेवारीबाट गरिएको सहयोग हो,’ विज्ञप्तिमा भनिएको छ, ‘देशका नागरिक समस्यामा परेका बेला आफू पनि प्रभावित हुँदाहुँदै उनीहरूको साथमा उभिनुपर्छ भन्ने मान्यताका साथ कम्पनीले यो सहयोग गरेको हो ।’ हालैको बाढीबाट वल्र्डलिंकको नेटवर्क तथा पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ ।

Related posts

सहकारी ठगीमा फरार रहेका जिबी राई भन्छन् : ’म नेपाल फर्किएर समस्या समाधान गर्न चाहन्छु’

MadhesKhabar

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

MadhesKhabar

विकासको मार्गमा सरकार जनतासंग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment