Madhes Khabar
समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं,६ असोजः मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले आइतबार भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।

साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिए ।

प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।साभार : अनलाइनखबर

 

 

Related posts

पर्साका वनजङ्गल यसपालि डढेलाेबाट सुरक्षित

MadhesKhabar

खानेपानीमन्त्री यादवको दाबीः काठमाडौंमा एक साताभित्र मेलम्चीको पानी

MadhesKhabar

बारामा धान दाइँ गर्ने मेसिनले ठक्कर दिँदा एक जनाको मृत्यु

MadhesKhabar

Leave a Comment