Madhes Khabar
समाचार

भारतबाट वीरगन्ज ल्याउँदै गरिएको पटका बहुअर्वाभाठामा सशस्त्र प्रहरीद्वारा बरामद

वीरगन्ज,२असोजःपर्साको ग्रमीण भेगको नाका हुदैं भारतबाट अवैध रुपमा भित्रयाइएको पटका सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गरेको छ । वीरगन्ज–पोखरिया सडकखण्डमा चेकजाँचमा खटिएको सशस्त्र प्रहरीको टोलीले १ लाख रुपैयाँ भन्दा बढी मूल्यको पटका बरामद गरेर नष्ट गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प बहुअर्वाभाठाबाट सशस्त्र प्रहरी नायब निरीक्षक तोयानाथ आचार्यको नेतृत्वमा खटिएको टोलीले बुधबार बिहान उक्त पटका बरामद गरेको थियो । पोखरीयाबाट वीरगन्ज आँउदै गरेको नम्बर खुल्न नसकेको मोटरसाइकललाई चेकजाँचका लागि सशस्त्र प्रहरीले रोक्न खोज्दा मोटरसाइकल चालक पटाकाको प्लाष्टिकको बोरा फयाँकेर फरार भएका थिए ।

उक्त प्लाष्टिकको बोरा खोलेर हेर्दा त्यसमा विभिन्न ब्राण्डका पटाकाहरु भेटिएपछि उक्त पटाका नेपाल प्रहरी, राजनीतिक दलका प्रतिनिधी र सञ्चारकर्मीहरुको रोहबरमा खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी नायब निरीक्षक आचार्यले जानकारी दिए।

 

Related posts

जहाज दुर्घटनास्थलबाट शेरचनले भने– कोही जीवित भेटेनौं

MadhesKhabar

गुणस्तर तथा नापतौल कार्यालय पर्साका पूर्व अधिकृत यादवविरुद्ध भ्रष्टचार मुद्दा दायर

MadhesKhabar

खानेपानी मन्त्री यादवले मन्त्रालयका सचिव बज्राचार्यसंग गरे १ वर्षको कार्यसम्पादन सम्झौता

MadhesKhabar

Leave a Comment