
मधेसखबर
वीरगन्ज,१९भदौं : बाराको अमलेखगन्जबाट प्रहरीले मालवाहक ट्रकबाट लागु औषध गाजा सहित दुइ जनालाइ पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले पुर्वपश्चिम लोकमार्गमा पर्ने जितपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगन्जमा आइतबार बिहान प्रदेश ३–०१–००३ क ६९०६ नंबरको मिनी ट्रक रोकेर चेकजाँच गरेको थियो ।प्रहरीले चेकजाँचका क्रममा ट्रकको पछाडिको भागमा १० वटा पोका बनाएर राखिएको ३४ केजी गाजा बरामद गरेको हो ।
गाजा बरामद गरिएको ट्रकका चालक मकवानपुरको मनहरी गाँउपालिका वडा नंबर ७ बिजौना टोलका ३५ बर्षिय सुन बहादुर थिङ र सह–चालक मनहरी गाउ.पालिका वडा नंबर १ चकरी टोलका २० बर्षिय सुभाष लामालाई पक्राउ परेका हुन् ।
बरामद गाजा , मिनि ट्रक र पक्राउ परेका दुवै जनालाइ प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

