Madhes Khabar
समाचार

ट्रकमा गाजा ओसार्ने दुइ जना अमलेखगन्जबाट पक्राउ

मधेसखबर
वीरगन्ज,१९भदौं : बाराको अमलेखगन्जबाट प्रहरीले मालवाहक ट्रकबाट लागु औषध गाजा सहित दुइ जनालाइ पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले पुर्वपश्चिम लोकमार्गमा पर्ने जितपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगन्जमा आइतबार बिहान प्रदेश ३–०१–००३ क ६९०६ नंबरको मिनी ट्रक रोकेर चेकजाँच गरेको थियो ।प्रहरीले चेकजाँचका क्रममा ट्रकको पछाडिको भागमा १० वटा पोका बनाएर राखिएको ३४ केजी गाजा बरामद गरेको हो ।
गाजा बरामद गरिएको ट्रकका चालक मकवानपुरको मनहरी गाँउपालिका वडा नंबर ७ बिजौना टोलका ३५ बर्षिय सुन बहादुर थिङ र सह–चालक मनहरी गाउ.पालिका वडा नंबर १ चकरी टोलका २० बर्षिय सुभाष लामालाई पक्राउ परेका हुन् ।
बरामद गाजा , मिनि ट्रक र पक्राउ परेका दुवै जनालाइ प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

Related posts

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा एक युवती पक्राउ

MadhesKhabar

विजयबस्तिमा सशस्त्र प्रहरीकाे नवनिर्मित भवनकाे उद्घाटन

MadhesKhabar

पर्सा जिल्ला अदालतमा न्यायकी देवीको मुर्ति अनावरण गरेर मनाइयो कानुन दिवस

MadhesKhabar

Leave a Comment