Madhes Khabar
समाचार

पर्साको पटेर्वामा ६७ लाखको लागतमा विद्यालय भवन बन्दै,उपाध्यक्ष चौधरीले गरिन् शिलान्यास

वीरगन्ज,१७ साउनः पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ पटेर्वास्थित नेपाल राष्टिय आधारभूत विद्यालयमा थप चार कोठे भवन निर्माणको कार्य थालिएको छ । आइतबार पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो चौधरीले हिन्दु धार्मिक रितिरिवाज अनुसार पूजापाठ गरी भवनको शिलान्यास गरेकी छन् ।

उपाध्यक्ष चौधरीका अनुसार, दिब्य विकास स्रोत केन्द्र पर्सा र एक्शन एड नेपालको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत ६६ लाख ९३ हजार रुपैयाँको लागतमा विद्यालय प्रांगणमै चार कोठे भवन निर्माण गर्न थालिएको हो ।

विद्यालय भवन निर्माणले बालबालिकालाई सुरक्षित र सहज सिकाइ वातावरण प्रदान गर्ने तथा समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको दिब्य विकास स्रोत केन्द्र पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद पटेलले बताए ।

शिलान्याश कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश चौधरी, वडाध्यक्ष वासु पञ्जियार, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण उपभोक्ता समितिका पदाधिकारी,स्थानीय समाजसेवी श्याम सुन्दर महतो, विश्वनाथ महत्तो लगायतकाको पनि सहभागिता थियो।

Related posts

वीरगन्जमा बिपद सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालीम सम्पन्न

MadhesKhabar

तस्करी आशंकामा वीरगन्जबाट साढे २६ लाखको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्जमा तस्करीका तीन ट्रक सामान सशस्त्र प्रहरीद्धारा बरामद

MadhesKhabar

Leave a Comment