Madhes Khabar
समाचार

वीरगन्जमा बिपद सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालीम सम्पन्न

मधेसखबर
वीरगन्ज,०२असार : वीरगन्जमा बिहीबार आगलागी हुदा आगो कसरी निभाउने , पानीमा डुब्दा कसरी ज्यान जोगाउने लगायतका बिपद सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालीम कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटटी पर्सा शाखा र ग्रिनसिटी सामुदायिक केन्द्र आदर्शनगरको सहयोगमा जिल्ला विपद व्यवस्थापन समितिले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

त्यसक्रममा वीरगन्जको पुरानो बसपार्क परिसरमा सुरक्षाकर्मी र रेडक्रसकर्मीले फुसको झुपडी बनाएर त्यसमा आगो लगाएर कसरी निभाउने सम्बन्धमा कृत्रिम अभ्यास गरेर देखाएका थिए । यस्तै वीरगन्जको घडीअर्वा पोखरी पार्कको जलाशयमा डुङगामा सवार भइ डङगबाट खसेर पानीमा डुब्दा डुबेको मानिसको उद्धार कसरी गर्ने भन्ने अभ्यास गरेर पनि उनिहरुले देखाएका थिए ।

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षता एंव वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको प्रमुख आतिथ्यतामा भएको दुवै स्थानको अभ्यास कार्यक्रममा पर्साका प्रहरी उपरिक्षाक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल , वीरगन्ज स्थित नेपाली सेनाको श्रीजंग गणका गणपति डायमण्ड कार्की, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान लगायतको उपस्थिती रहेको थियो ।

 

Related posts

नेपाल महिला किसान संघ मधेस प्रदेशकाे अध्यक्षमा आशिका गिरी चयन

MadhesKhabar

बाराका सशस्त्र प्रहरी एसपी सिंह हेडक्वार्टर तानिए

MadhesKhabar

भूमि आयोग खारेज गर्ने सुशीला कार्की नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले गर्‍यो बदर

MadhesKhabar

Leave a Comment