Madhes Khabar
राजनीति समाचार

किसानको हकहितका लागि जनमत पार्टी दृढ—उम्मेदवार सरार्फ

वीरगन्ज,१ फाल्गुन:पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ र २१ मा घरदैलो, भेटघाट तथा संवाद कार्यक्रमलाई तीव्रता दिएका छन्।

स्थानीय नागरिक तथा किसानहरूसँगको प्रत्यक्ष भेटमा उम्मेदवार सरार्फले तराई–मधेसको मुख्य आयस्रोत कृषि भए पनि राज्यले किसानप्रति सधैं विभेदपूर्ण व्यवहार गर्दै आएको उल्लेख गरे। उनले जनमत पार्टी किसानको सम्मान, अधिकार र समृद्धिका लागि निरन्तर प्रतिबद्ध रहेको बताए।

सरार्फले खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायिक बनाउँदै किसानको आम्दानी बढाउने स्पष्ट योजना जनमत पार्टीसँग मात्रै रहेको दाबी गरे।

उनले देश तथा मधेसको निकासका लागि जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्रै उत्कृष्ट दृष्टिकोण रहेको भन्दै आगामी निर्वाचनमा हर्न छापमा मतदान गर्न सबै मतदातालाई अपिल गरे।

कार्यक्रममा नेतृ रम्भा मिश्रा, समानुपातिक उम्मेदवार बिजय पासवान, श्याम शंकर चौरसिया, अनिता रौनियार, सत्युग साह, तुल्सीराम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान, सन्तोष पासवान लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

Related posts

मानव बेचबिखन मुद्धामा पर्साका एसपी मिश्रको सकृयता : होटल, लज र नाकाबाट १३७ को उद्धार

MadhesKhabar

पर्सामा सशस्त्र प्रहरीद्वारा प्लाष्टिकको ग्यालेनबाट ठूलो परिमाणमा चरेस बरामद

MadhesKhabar

पोखरीमा डुबेर सर्लाहीमा एक महिलाको मृत्यु

MadhesKhabar

Leave a Comment