वीरगन्ज,४बैशाखःपर्सामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागू औषध चरेस बरामद गरेको छ । खानेतेलको ग्यालेनभित्र चरेस भरेर बाँसको झ्याँगमा लुकाएर राखिएको बेवारिसे चरेस सशस्त्र प्रहरीले बरामद गरेको हो ।
पोखरिया नगरपालिका वडा नम्बर २ मननपुरस्थित बाँसको झ्याँगमा लुकाएर राखिएको अवस्थामा २४ किलो ५०० ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहले जानकारी दिए ।
विशेष सुराकीको आधारमा बुधबार राति सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोलीले बासको बाँसको झ्याँगमा बेवारिसे अवस्थामा राखिएको दुई वटा ग्यालेन बरामद गरेको थियो । उक्त ग्यालेन काटेर हेर्दा त्यसभित्रबाट प्लाष्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेस बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए ।बरामद चरेस ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको र यसबारेमा अनुसन्धान भइरहेको उनले बताए ।

