Madhes Khabar
समाचार

भारत तस्करी गर्न लागिएको १० लाखको मदिरा र कार बाराको मुसहर्वा नाकाबाट बरामद

बारा,२६पुषः निजी कारमा भारत तस्करी गर्न लागिएको नेपाली मदिरा बाराको सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बाराको बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ स्थित मुसहर्वा सीमानाकाबाट बिहीबार बिहान सशस्त्र प्रहरीले १० लाख रुपैयाँ बराबरको मदिरा र कार बरामद गरेको हो ।

बरैनियास्थित सशस्त्र प्रहरी बोर्डआउट पोष्टको टोलीले नेपालबाट तस्करी गरेर भारतर्तफ लैजार्दै गरेको कस्तुरी ब्राण्डको मदिरा १८ कार्टुन बरामद गरेको हो ।सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको नेतृत्वमा खटिएको टोलीले मुसहर्वा सीमानाकाबाट युपी ८ बिजे ६०७० नमबरको कार रोकेर खानतलाशी गर्दा उक्त कारबाट मदिरा बरामद भएको हो ।

कारका चालक भने फरार भएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए । बरामद मदिरासहितको कारको १० लाख १८ हजार रुपैयाँ मुल्यांकन गरी आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

 

 

Related posts

वीरगन्जमा पनि मनाइयो ७० औं प्रहरी दिवस : अमर शहिद प्रहरीका परिवार सम्मानित

MadhesKhabar

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने

MadhesKhabar

१२ किलाे चाँदीसहित कलैयाका युवक काठमाडौंमा पक्राउ

MadhesKhabar

Leave a Comment