Madhes Khabar
समाचार

राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु

काठमाडौ,१५चैत:काठमाडौंमा आज( शुक्रबार )राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु भएको छ ।

 

राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटो/भिडियो खिच्न पुगेका एभीन्युज टेलिभिजनका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।

एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले टीभीका लागि लाइभ गर्दागर्दै उनी आगोमा परेको बताए । ‘प्रहरीलाई पटकपटक फोन गर्दा पनि समन्वय हुन सकेन,’ उनले भने ।

‘हामी प्रदर्शनको भिडियो खिच्न सँगै घरमाथि चढेका थियौं । उनी छेउको चारतले घरमा थिए । हामी पाँचतले घरमा थियो,’ ह्वाइटखबर डटकमका सम्पादक विक्रम श्रेष्ठले भने, ‘ढुंगामुढा समेत हुन थालेपछि हामी भाग्यौं तर सुरेश निस्कन सकेनन् ।’

नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले आगलागी भएको चौथो तलामा पत्रकार रजकको शव भेटिएको पुष्टि गरे ।साभार:ईकान्तिपुर

Related posts

दुर्गा प्रसाईं भारतमा पक्राउ

MadhesKhabar

काठमाडौंबाट भैरहवा उडेको जहाज जनकपुरमा आकस्मिक अवतरण

MadhesKhabar

वीरगन्जमा पनि मनाइयो ७० औं प्रहरी दिवस : अमर शहिद प्रहरीका परिवार सम्मानित

MadhesKhabar

Leave a Comment