Madhes Khabar
समाचार

काठमाडौंमा भएकाे दुर्घटनामा वीरगन्जका एक युवककाे मृत्युु

सांकेतिक फोटो

वीरगन्ज,२असाेज: काठमाडौँको चाबहिलमा भएकाे मोटरसाइकल दुर्घटनामा परेर वीरगन्जका एक युवककाे मृत्यु भएकाे छ ।

काठमाडौं महानगरपालिका – ७ चाबहिलस्थित सडकमा सोमबार बेलुकी प्रदेश १ ०२-०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिंदा वीरगन्जका पर्शुराम महतोकाे मृत्युु भएकाे हाे ।

बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकलका चालक वीरगन्ज महानगरपालिका – १४ निवासी ३२ वर्षीय महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महताेकाे काठमाडौंकै ओम अस्पतालमा उपचारका क्रममा मृत्युु भएकाे प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते तीन जनाकाे त्यही अस्पतालमा उपचार भइरहेकाे छ ।

Related posts

नेशनल मेडिकल कलेजद्वारा प्रहरी चौकीमा फर्निचर सहयोग

MadhesKhabar

दिल्लीमा रहेकी आरजुले म्याक्स हस्पिटलमा गराइन् थाइराइडको शल्यक्रिया

MadhesKhabar

वीरगन्जमा ट्रकमा लोड रहेको कन्टेनरबाट ठूलो परिमाणमा गाँजासहित ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment