Madhes Khabar
समाचार हेडलाइन

सवारी साधनको कर र नविकरणमा लाग्ने जरिवानामा शतप्रतिशत छुट

वीरगन्ज,१०पुसःवीरगन्जस्थित यातायात व्यवस्था कार्यालयले सवारी साधनको कर र नविकरणमा लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

मधेस प्रदेशमा दर्ता भएका सबै प्रकारका सवारी साधनको कर र नविकरणमा लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिइने भएको यातायात व्यवस्था कार्यालय वीरगन्जले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

मधेस प्रदेश सरकारले “मधेस प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१” जारी भएपछि लागु हुने गरी सवारी साधनको नविकरणमा लाग्ने जरिवाना शतप्रतिशत छुट गरेको सूचना प्रकाशित गरिएको हो ।

ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको १ वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नविकरण गराउँदा, सवारी साधन कर र नविकरण दस्तुरमा लाग्ने जरिवानामा शतप्रतिशत छुट दिइने यातायात व्यवस्था कार्यालय वीरगन्जले जनाएको छ ।

Related posts

वीरगन्जको नारायणी अस्पतालमापनि क्यान्सर रोगको उपचार सेवा सुरु

MadhesKhabar

मधेसकाे मुख्यमन्त्रीमा एमालेका यादव नियुक्त

MadhesKhabar

पर्साकाे पाेखरियामा २ हजार ६ सयकाे आँखा जाँच गर्दा ५७४ जनामा भेटियाे माेतियाबिन्दु

MadhesKhabar

Leave a Comment