Madhes Khabar
स्थानिय हेडलाइन

नगर प्रमुख सिंहको स्थलगत अनुगमन, जनतासँग प्रत्यक्ष संवाद गर्दै तत्काल समाधानको निर्देशन

वीरगंज ४,फागुन:वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले महानगरपालिका–१ क्षेत्रमा आज बिहान विभिन्न विकास निर्माण कार्यहरूको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र गुनासो सुनेका थिए।

स्थानीयले सडकको अवस्था, नाला तथा ढल व्यवस्थापन, सरसफाइ लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए। नगर प्रमुख सिंहले जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर काम अघि बढाइने स्पष्ट पार्दै देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित शाखा तथा प्राविधिक टोलीलाई आवश्यक निर्देशन दिएका छन्।

उनले विकास निर्माणका कार्यहरू गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गर्न महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै जनसहभागिताबाट मात्र दिगो विकास सम्भव हुने बताए।

नगर प्रमुख सिंहले भने,“स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो। जनताको अपेक्षा पूरा गर्नु हाम्रो पहिलो दायित्व हो।”

निरीक्षण कार्यक्रममा महानगरपालिकाका प्राविधिक टोलीका सदस्यहरू तथा स्थानीय अगुवाहरूको समेत उपस्थिति रहेको थियो।

Related posts

बाराका सीडीओ मिश्रले भने : सिमराका आन्दोलनरत जेनजीसंग वार्ताको तयारी भइरहेको छ

MadhesKhabar

वीरगन्जमा नयाँ उद्यम गर्ने युवाहरुलाई सहयाेग गर्न महानगर तयार छ : मेयर सिंह

MadhesKhabar

एमाले नेताकाे खल्तीबाट राष्ट्रपति बनाइयाे भने संविधान र लाेकतन्त्र दुर्घटनामा पर्छ: गगन थापा

MadhesKhabar

Leave a Comment